२० बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा एकैदिन २९ हजार बढीमा संक्रमण

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७७, शनिबार ०५:३१

लन्डन । बेलायतमा एकैदिन २९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ प्रकारको भाइरस फैलिएसँगै बेलायतमा संक्रमितको संख्या बढदो क्रममा रहेको छ ।

नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७२ हजार ८ सय नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टाभित्र थप १ हजार २ सय ४५ जनाको मृत्यु भएको छ ।

एक हप्तामा बेलायतमा ७ हजार ७ सय ६६ जनाको कोरोनाबाट मृत्यु भएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले अस्पताल भर्ना हुने विरामीको संख्या भने घटेको जनाएको छ ।

अहिले बेलायतका अस्पतालमा ३५ हजार संक्रमितको उपचार भैरहेको छ । तिमध्ये चार हजार भेन्टिलेटरमा रहेका छन । कोरोनाका कारण हालसम्म बेलायतमा एक लाख चार हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

बेलायतमा कोरोना भाइरस विरुद्धको खोप अभियान पनि जारी छ । हालसम्म ७८ लाख भन्दा बढीले खोप लगाइसकेका छन । तिमध्ये चार लाख ७८ हजारले दोस्रो मात्रा लिइसकेका छन् ।

फाइजर र बायोएनटेक र अक्सफोर्ड र एस्ट्राजेनेकाकाद्वारा विकसित दुई खोप बेलायतमा वितरण भैरहेको हो । कोरोनाविरुद्धको खोप अभियान जारी रहेपनि नयाँ प्रकारको कोरोना भाइरस फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ ।