१ श्रावण २०८२, बिहीबार
Follow Us

रोहिंग्या शरणार्थीलाई विवादास्पद टापू

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७७, शनिबार ०५:४३

ढाका । बंगलादेशले म्यानमारका शरणार्थीहरुलाई बङ्गालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा सार्न सुरु गरेको छ । बंगालको खाडी नजिक रहेको भसन टापूमा बनाइएको शिविरमा शरणार्थी सार्न शुरु गरिएको हो ।

पहिलो दिन शुक्रबार करिब एक हजार ७ सय ५० रोहिंग्या शरणार्थीलाई टापुमा लगिएको छ । म्यानमारको सीमानामा रहेको बंगलादेशको कोक्स बजारस्थित शिविरबाट शनिबारसम्म करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न गर्ने योजना छ ।

बंगलादेश सरकारले करिब एक लाख शरणार्थीलाई भसन चार टापूमा बनाइएको शिविरमा सार्ने योजना बनाएको छ । टापू सुरक्षाका दृष्टिले जाखिमयुक्त रहेको भनी कतिपय शरणार्थीले बताउँदै आएका छन् । सरकारले भने भसन टापूमा कुनै समस्या नरहेको जनाएको छ ।

सन् २०१७ मा भएको बौद्धमार्गी तथा मुसलमान समुदायबीच झडप भएपछि दश लाख रोहिंग्याहरू म्यानमारबाट विस्थापित भएका छन् । उनीहरुमध्ये अधिकांश बंगलादेशमा शरणार्थीका रुपमा बसिरहेका छन् ।

धेरै पढिएको