४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

म्यानमारमा सेनाद्वारा शासनसत्ता आफ्नो हात लिएको घोषणा

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७७, सोमबार ०५:१७

म्यानमारमा सेनाले सरकार संचालन व्यवस्था आफ्नो हातमा लिएको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै एक वर्षका लागि संकटकाल घोषणा गरेको पनि जनाइएको छ ।

आजै बिहान मात्र प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको थियो ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।

सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन । सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो । गत आम निर्वाचनमा नेतृ सुकीको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो ।