३२ असार २०८२, बुधबार
Follow Us

कांग्रेसको विरोध प्रदर्शनमा प्रष्ट दुई समूह

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७७, सोमबार १२:०२

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठनहरुले आज देशभर संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् । गत पुस ५ गतेको सरकारको कदमको विरोधमा कांग्रेस भातृ संगठनले प्रदर्शन गरेका हुन् । कांग्रेसको केन्द्रीय समिति बैठको निर्णयअनुसार आज देशभर प्रदर्शन भएको हो । आजको प्रदर्शनमा केन्द्रीय नेताहरुले विभिन्न जिल्लामा गएर सरकारविरुद्ध प्रदर्शनको नेतृत्व तथा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा संसद विघटनपछिको अबको विकल्पका विषयमा कांग्रेसको दुई कित्ता प्रष्ट देखिएको छ । सभापति शेर बहादुर देउवा पक्षका नेताले अदालतलाई मान्दै चुनाव भएको खण्डमा जनतामा जानुपर्ने धारणा राखेका छन् । यता तनहुँको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि सरकारको कदमको खुलेर विरोध गरेको बताए । उनले असंवैधानिक कदमको कांग्रेस सधैँ विरोधमा रहेको प्रष्ट्याए ।

विरोध प्रदर्शनलाई सम्बोधनको क्रममा नुवाकोटबाट सहमहामन्त्री डा. प्रकाशशरण महतले भने कांग्रेस अदालतलाई मानेर जाने बताए । उनले सर्वोच्चले जस्तो फैसला गरेपनि आफूहरुले मान्ने बताए । यसअघि, विभिन्न कार्यक्रममा पनि कांग्रेसका दुई पक्षबीच फरक मतहरु देखिँदै आएको छ । विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा युवा नेता गगन थापाले अदालतमा रहेको विषयमा नबोल्नेहरु कायर भएको समेत प्रतिक्रिया दिइसकेका छन् ।

धेरै पढिएको