३२ असार २०८२, बुधबार
Follow Us

थप १७१ जनामा कोरोना पुष्टि, २५९ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
२० माघ २०७७, मंगलवार ११:२६

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २५९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ८ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी आज मंगलबार कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २,०३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको