काठमाडौं । संसद विघटन र संवैधानिक नियुक्तिको विरोधमा सामाजिक अभियान्ता डा. गोविन्द केसीले असन बस्ने घोषणा गरेका छन् । डा. केसीले आगामी फागुन १२ गतेदेखि अनसन सुरु गर्ने घोषणा गरेका हुन् । सरकारको विरोधमा डा. केसीको यो २०औँ अनसन हो ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले गत पुस ५ को सरकारको कदमले देश र जनताको भविष्यलाई अन्धकारमा धकेल्ने भन्दै उक्त कदम सच्याउनुपर्ने माग राखेका छन् ।
सरकारलाई ३ हप्ते अल्टिमेटम दिएका केसीले आगामी तीन सातासम्म माग पूरा नभए फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन् । सरकारले गत पुस ५ गते गरेको संसद विघटन बदर गरेर संसद पुनःस्थापना हुनुपर्ने र संवैधानिक परिषद्ले गरेका नियुक्तिहरु खारेज हुनुपर्ने दुई बुँदे माग डा. केसीले राखेका छन् ।