काठमाडौ । नेकपाको केपी ओली समूहले काठमाडौं उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप ¥याली निकालिएको हो । अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा ललितपुरको बालकुमारीवाट निकालेको -याली सातदोबाटो लगनखेल जावलाखेल पुल्चोक त्रिपुरेश्व दरबारमार्ग कमलपोखरी गौशाला हुँदै तीनकुने पुगेर सभामा परिणत भएको छ । ओली समूहले माघ २३ गते दरबारमार्गमा सभा गर्दैछ । सभा तयारीका लागि नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तयारी समिति बनाइएको छ ।