काठमाडौ । नेकपा ओली पक्षीय अनेमसंघले नेकपा दाहाल–नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउदै संघले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कारबाहीको दायरामा ल्याउने आश्वासन दिएका थिए ।