३२ असार २०८२, बुधबार
Follow Us

दाहाल–नेपाल समूहनिकट विद्याथीद्धारा चक्काजाम

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७७, बुधबार १०:०३

काठमाडौ । नेकपा दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार चक्काजाम गरेको छ । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध बिद्यार्थीहरुले मुलुकभर चक्काजाम गरेको हो । बुधबार बिहान काठमाडौंको मीनभवन , प्रदर्शनीमार्ग लगायतका स्थानमा चक्काजाम गरिएको हो ।

अनेरास्ववियूका विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले कालो कपडा निधारमा बाँधेर कालो झन्डासमेत देखाएका थिए । सरकारको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन् ।

धेरै पढिएको