लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अबको योजना र विशेष महाधिवेशनको उपलब्धीका बारेमा एनआरएनए यूके र संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ यूके अन्तरर्गतका संघसंस्था विभागद्वारा हिजो बुधवार साँझ आयोजित कार्यक्रममा बेलायतमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिसहित एक सयभन्दा बढी सहभागी थिए ।
अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली अभियानको विगत, वर्तमान र भविष्यका बारेमा प्रकाश परेका थिए ।
डा. शर्माले वर्तमान कार्यसमितिले संघभित्र आर्थिक, प्रशासन, संस्थागतलगायतका विषयमा सुधारका काम थालिएको बताए । शर्माले नेपाल फर्केका नेपालीलाई नेपालमा स्थापित गर्ने उद्देश्यले स्किल डेटाबेस बनाउन लागिएको जानकारी दिए ।
आइसीसी सदस्य तथा विधान सशंसोधन समितिका उपसंयोजक रामशरण सिम्खडाले संघको विधानमा हालै गरिएको संशोधनले राष्ट्रिय समितिलाई पार्ने प्रभावका विषय आआफ्ना भनाइ राखे । उनले संघको संशोधित विधान अग्रगामी रहेको बताए ।
एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रोजिना प्रधानले दिएकी थिइन् ।
कार्यक्रममा एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, क्षेत्री समाजका धन क्षेत्री, तमूधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष नन्दजंग गुरुङ, महेश अधिकारी, तमुपेलुका खुशीमान गुरुङ, पासापुस गोठी लण्डन शाखाकी अध्यक्ष रुक्मणी मानन्धर, सुनिल राना,साहार यूकेका अध्यक्ष कुमार गुरुङ, विश्वदीप तिगेला, रण केसी, पिप्ला देवान, चन्द्र गुरुङ, लक्ष गुरुङ, श्री लिम्बु, एलएन पाण्डे, खुशी लिम्बु, राम गलामी, सुरज मास्के, कृष्ण उपाध्य, पवन शर्मा, नेत्र खरेल, बाचपति रेग्मी, चिरन शर्मा, राजन क्षेत्री, लक्ष्मण गुरुङ, बाचसपति रेग्मी, भीमलाल भट्टराई, लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा अधिकांश बक्ताहरुले संघले अघि सारेको स्मार्ट एनआरएनएको समय सान्दर्भिक भएको बताउदै अनलाइन भोटिङ विश्वसनीय हुनुपर्नेमा जोड दिए ।
१ सय भन्दा बढी प्रतिनिधीहरु सहभागी कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले सहभागीहरुको सुझाव र सल्लाहप्रति आभार व्यक्त गरिन् ।