१ श्रावण २०८२, बिहीबार
Follow Us

ओलीले एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थाले: नेपाल

नेपालब्रिटेन संवाददाता
२२ माघ २०७७, बिहीबार १०:१५

काठमाडौ । नेकपा दाहाल –नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले एकपछि अर्को अधिनायकवादी चरित्र ओलीले देखाउन थालेको आरोप लगाएका छन ।

आमहड्तालका क्रममा काठमाडौंका बिभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले अहिलेका कामचलाउ प्रधानमन्त्री ओली संविधान मिच्दै मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताएका हुन । उनले ओलीले प्रतिनिधिसभाको हत्या गर्ने प्रयास गरेको र संविधान कुल्चने काम गरेको जिकिर गरे ।

अध्यक्ष नेपालले नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको भन्दै आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै आपत्ती जनाए ।

धेरै पढिएको