१ श्रावण २०८२, बिहीबार
Follow Us

देशैभरी मौसममा बदलाब

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार ०६:१२

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशैभरी मौसममा बदलाब आएको मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ ।

अहिले गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भेगमा मौसम बदली भइ सामान्य वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसोबाट देशैभरी बदली हुने र साँझपख हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौंमा पनि आज सामान्य बदलीको सम्भावना रहेको र साँझपख वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४८ मिनेटमा हुनेछ ।

धेरै पढिएको