३२ असार २०८२, बुधबार
Follow Us

‘नरभक्षी आन्दोलनका दिन गए’

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार ०९:३७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शुक्रबार राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् । नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ।

धेरै पढिएको