३२ असार २०८२, बुधबार
Follow Us

मालपोत कार्यालयका लेखापढी व्यवसायी घुससहित अख्तियारको नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार १३:५७

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीबाट एकजना मालपोतका लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका लेखापढि व्यवसायी अरुणकुमार यादवलाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार यादवले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । जग्गाको नक्सा मिलाई दिने नाममा उनले सेवाग्राहीसँग घुस लिएको बताउँदै आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै पढिएको