३२ असार २०८२, बुधबार
Follow Us

विश्व व्यापार संगठनको नेतृत्व पहिलोपटक अफ्रिकी महिलाले गर्ने

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७७, शनिबार ०४:३३

विश्व व्यापार संगठनको आगामी कार्यकालको नेतृत्व पहिलो पटक अफ्रिकी महिलाले गर्नुहुने पक्का भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्व अर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई कडा रुपमा समर्थन गरेपछि यो सम्भव भएको हो । यस अघि पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गर्नुभएको थियो ।

राष्ट्रपति बाइडनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला नाइजेरियाकी डा. नगोजी ओकोनिजो लवाला नेतृत्व सुनिश्चित भएको हो ।

आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्लुटीओको नयाँ नेतृत्व चयन हुनेछ ।

धेरै पढिएको