३२ असार २०८२, बुधबार
Follow Us

चीनले कोरोनाविरुद्धको ५ लाख डोज खोप अनुदानमा दिने

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७७, शनिबार ०४:३६

काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । हिजो साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको टेलिफोन कुराकानीमा चीनका विदेश मन्त्री वाङले ५ लाख डोज खोप दिने प्रतिवद्धता जनाउनुभएको हो ।

चिनियाँ विदेशमन्त्री वाङले चीनले कोरोनाविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकता राख्ने वचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नेपालस्थित चिनियाँ दूतावासले तीन लाख डोज खोप नेपाललाई अनुदानमा दिने जनाएको थियो ।

यद्यपी अहिलेसम्म चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोप नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकेको छैन ।

चिनियाँ खोप ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी देखिएको छ । सिनोफर्मले उत्पादन गरेको खोप अढाई करोड डोज खोप प्रयोगमा आइसकेको छ । भारतले यसअघि नै नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो ।

धेरै पढिएको