४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

फर्किए राजदुत डा सुवेदी

नेपालब्रिटेन डट कम्
२५ माघ २०७७, आईतवार १५:२९

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाल सकेर आइतवार नेपाल प्रस्थान गरेका छन् । नेपाली दुताबासका अनुसार राजदुत सुवेदी सपरिवार आज नेपाल फर्केका हुन् ।

उनको चारवर्षे कार्यकाल सेप्टेम्बरमै पूरा भए पनि कोरोना महामारी र राजदुताबास प्रमुखविहीन नबनाउने नेपाल सरकारको नीतिका कारण नेपाल फर्कन ढिलाइ भएको थियो । कोभिड महामारीका कारण उनको बेलायत बसाइ केहि समय लम्बियोको र उनको ठाउँमा आउने नयाँ राजदूत नियुक्तिको प्रक्रियाले समय लिएको हो ।

बेलायतका लागि नयाँ राजदुतका रुपमा लोकदर्शन रेग्मी नियुक्त भइसकेका छन् र फागुनको दोस्रो साताभित्र बेलायत आइपुग्ने बताइएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही माघ ५ गते रेग्मीलाई राजदूतमा नियुक्त गरेकी थिइन् ।