२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०७७, बुधबार ०९:४३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।

राजनीतिक रुपमा दुई समूहमा विभाजित भएको नेकपा अहिले ओली र प्रचण्ड–माधव समूहमा विभाजित रहेका छन । ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । ओली समूहले अदालतको निर्णयअनुसार आफूहरु संसद बैठक बोलाउने र बाकी परिस्थितिको सामना गरेर जाने निर्णय गरिसकेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरेपछि आगामी रणनीति बनाउन बैठक बसेको हो । उक्त समूहले आजै अपराह्न ४ बजे सांसदहरुसँग छलफल पनि गर्दै छ । अध्यक्ष प्रचण्डले आगामी कदमको विषयमा काग्रेस सभापती शेर बहादुर देउवासँग पनि छलफल गरिसकेको छ ।