२० बैशाख २०८१, बिहीबार
Follow Us

ट्याक्सी चालकले कुटे पठाओ राइडरलाई

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७७, मंगलवार ०९:४३

काठमाडौं । ग्राहक खोसेको भन्दै गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन् । पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेको भन्ने जानकारी आएको बताए । उनका अनुसार घटना सोमबार बिहानको हो।

सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट गरेको उनको भनाई छ ।

‘बिहान घटना घटेपछि बेलुका पनि चालक मिलेर पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको छ,’ उनले भने, ‘को राइडर हुन् हामीलाई जानकारी आइसकेको छैन। हामीले पनि सोसल मिडियामामार्फत् थाहा पाएका हौं।’