२० बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस तत्काल सरकारमा जाँदैन : देउवा

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७७, मंगलवार ०९:४५

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने स्पष्ट पारे ।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । कांग्रेस अहिलेको सरकारलाई स्वीकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति देउवाले कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ भन्दै पन्छिएका थिए । देउवाले केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।