२५ बैशाख २०८१, मंगलवार
Follow Us

प्रदूषणका कारण पाँच दिनदेखि उडान प्रभावित

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७७, मंगलवार ०४:४२

काठमाडौं । पाँच दिनदेखि आन्तरिक उडानमा समस्या आएको छ । मौसम खराबीका कारण प्रदूषणको तह बढेपछि काठमाडौं विमानस्थलमा उडान–अवतरणमा समस्या आएको हो ।

विमानस्थलका अनुसार गत शुक्रबारदेखि प्रभावित भएको आन्तरिक उडानमा २० प्रतिशतले कमी आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ खासै प्रभाव नपरेको विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ २ सय ४६ वटा उडान तथा अवतरण भएका थिए । तर, शनिबार १ सय २३ र आइतबार १ सय ३८ वटा र सोमबार १ सय मात्रै उडान–अवतरण भएका छन् ।

सामान्य अवस्थामा बढीमा २ सय ९४ वटासम्म उडान–अवतरण भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा मात्रै विमानस्थल भएका कारण यो समस्या आएको हो । निजगढतिर विमानस्थल भएको भए यस्तो समस्या नआउने प्राधिकरणले जनाएको छ ।