२३ बैशाख २०८१, आईतवार
Follow Us

कोहलपुरमा बस र ट्रक ठोकिदा पाँच जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७८, शनिबार ०४:४७

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक ठोकिदा दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यू भएको छ भने ३७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सुर्खेतबाट धरान जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र नन टेस्ट टिपर ठोकिदा दुर्घटना भएको हो । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।