२७ बैशाख २०८१, बिहीबार
Follow Us

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७८, सोमबार ०५:११

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

यातायातसहित सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ । बैठकले चालु हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।