२२ बैशाख २०८१, शनिबार
Follow Us

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७८, सोमबार १२:१७

काठमाडौ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा अरु दलहरुसँग छलफल गर्नुपर्ने भएको र छलफलमा शीर्ष नेताहरु सहभागी हुनुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले नेपालटीभी अनलाइनलाई जानकारी दिनुभयो ।

आज अरु दलहरुसँग बैठक बस्ने विषयमा सोधिएको प्रश्नमा भने नेता श्रेष्ठले समय तय भइनसकेको बताउनुभयो । उहाँले स्थायी कमिटीको बैठक भोलि बस्ने जानकारी दिनुभएको छ । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन गर्न अरु विपक्षी दलहरुसँगको छलफललाई निरन्तरता दिँदै आएको छ ।

हिजो मात्र अध्यक्ष प्रचण्डले दलहरुसँगको राजनीतिक वार्ता निकै सकारात्मक भएको भन्दै केहीदिनमा नै नयाँ समाचार दिने आश्वासन चितवनमा आयोजित कार्यक्रममा बताउनुभएको थियो ।