१९ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना संक्रमित संख्या धमाधम उकालोतिर

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७८, मंगलवार १२:३९

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर उकालोतिर चढेको छ । गत २४ घण्टामा ८७३८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा १७३६ संक्रमित भएका छन् । गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य मन्त्रालयले पाएको छ ।

२४ घण्टामा निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा अहिले घटेर ९५ दशमलव ९ प्रतिशतमा झरेको छ । नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१०२ रहेको छ ।