१९ बैशाख २०८१, बुधबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७८, बुधबार ०७:०३

वीरगन्ज । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

यस्तै बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका–९ टेसनपुर बस्ने ५५ वर्षीय खर्बु थारुलाई प्रहरीले पक्राउ गरेको छ । खर्बुले ती किशोरीलाई ललाई फकाई जवरजस्ती करणी गरेको आरोप लागेको छ ।