१९ बैशाख २०८१, बुधबार
Follow Us

मेरियट होटलमा ओली-नेपालबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७८, बुधबार १३:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता मााधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।फुटको संघारमा पुगेको पार्टी अध्यक्ष ओली र अर्का नेता नेपालबीच भेटवार्ता भएको हो । ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा कुराकानी भएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार भेटवार्तामा एमाले उपमहासचिव बिष्णु पौडेल पनि सहभागी भएका छन् । दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको बेला यो भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। पार्टीविपरीत हुने गरी र लोकप्रिय सरकारविरूद्ध गतिविधि गरेकोले जुनसुकै बेला थप कारवाही गर्न सकिने चेतावनी समेत अध्यक्ष ओलीले दिएका छन् । यसअघि माधव नेपाललगायत नेतालाई ओलीले छ महिनाका लागि निलम्बन पनि गरेका थिए।