१९ बैशाख २०८१, बुधबार
Follow Us

बल्खुमा एमालेको यस्तो बन्दैछ केन्द्रीय कार्यालय

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७८, बिहीबार ०५:१०

काठमाडौँ । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान भवन शिलान्यास गरेका हुन् ।

१३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष रहेको बताइएको छ । बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।

बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय अब थापाथलीबाट सञ्चालन गर्ने तयारी छ । भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उद्घाटन कार्यक्रम छ ।