२२ बैशाख २०८१, शनिबार
Follow Us

एमाले पार्टी कार्यालय परिसरबाट बालिका खड्का पक्राउ

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७८, बिहीबार ०८:१९

काठमाडौं । नेकपा (एमाले) मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।

कार्यालयमा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प्रकाउ गरेको थियो । एमालेको मुख्य कार्यालय आजै धुम्बाराहीबाट थापाथलीमा सरेको थियो ।