२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता बितरण सुरु

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७८, शुक्रबार ११:३४

लण्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेले शुक्रवार देखि नेपाली कांग्रेसको क्रियाशील सदस्यता फारम वितरण सुरु गरेको छ ।
जनसम्पर्क समिति युकेको पूर्व बैठकको निर्णय अनुसार युकेका विभिन्न क्षेत्रमा गठित क्रियाशील सदस्य वितरण समिति मार्फत क्रियाशील सदस्यता फारम वितरण सुरु प्रवक्ता खुशि लिम्बुले जानकारी दिए ।

सदस्यता लिन चाहनेहरुले समितिका कार्यवाहक सभापति महेश दाहाल मार्फत फारम प्राप्त गर्न सक्ने छन् ।

लिम्बूका अनुसार नेपाली कांग्रेसको क्रियाशील सदस्य नविकरण र नयाँ बन्न ईच्छुकले आ–आफ्नो क्षेत्रका वितरण समितिका सदस्यहरुसंग सम्पर्क राखेर फर्म भरी मे २० तारिखसम्म फारम वुझाउनु पर्नेछ ।
नेपाली कांग्रेसले सदस्यको नविकरणको लागि ११ र नयां सदस्यको २२ पाउण्ड शुल्क तोकेको छ ।