२२ बैशाख २०८१, शनिबार
Follow Us

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट खड्कालाई हटायो

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७८, शुक्रबार ११:४३

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार (आज) संसद सचिवालयमा दर्ता गरेको हो ।

माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको पत्र संसद सचिवालयमा जानकारी गराएका छन् । माओवादीले यसअघि रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त ठाउँमा निर्वाचन आयोगले जेठ ६ गतेलाई उपचुनाव घोषणा गरेको छ ।