२२ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा कोरोनाका कारण २४ घण्टामा २८ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७८, आईतवार १२:१३

लण्डन । नेपालमा कोभिड १९ का कारण गत २४ घण्टाको समयावधिभित्र आइतवार सम्म २८ जनाको मृत्यु व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टाभित्र ती व्यक्तिहरुको मृत्यु भएको जानकारी गराएका हुन् ।

ूयो सङ्ख्या हालसम्मकै दोस्रो ठूलो उच्च हो। यसअघि गत कार्तिक १९ गते कोभिड १९ का कारण ३० जनाको मृत्यु भएको थियो, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाए ।

आइतवार कोभिड- १९ का कारण १४ जनाको मृत्यु भएको थियो भने २,६१९ जना नयाँ सङ्क्रमित फेला परेका थिए।

गत २४ घण्टाभित्र एन्टीजन र पीसीआर गरी १०,०७८ वटा परीक्षण गरिँदा ३,१२२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा काठमाण्डू उपत्यकामा १,४९८ जना सङ्क्रमित फेला परेका छन्।

तीमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लामा १,१३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना सङ्क्रमित रहेका छन्।