२३ बैशाख २०८१, आईतवार
Follow Us

धौलागिरिमा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७८, शुक्रबार १२:१८

काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा फेला परेको छ । बुधबार नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर भेटाएको हो । सेनाको टोलीले धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव फेला पारेको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको बताए ।

पौडेलले हेलिकप्टरभन्दा केही समय टाढा शव फेला परेको र ती शवको पहिचान नभएको बताए । ‘ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने पनि खुलेको छैन, बेस क्याम्पदेखि दुई सय मिटर दक्षिण शव फैला परेका छन्,’ पौडेलले भने, ‘एयर डायनेष्टीको हो भन्ने पुष्टि भइसक्यो, यसबारे विस्तृत जानकारी आउन बाँकी छ।’ उनले भने ।

हेलिकप्टरको अवशेष भने बेस क्याम्पबाट एक किलोमिटर टाढा रहेको पौडेलको भनाई छ । सेनासहित स्थानीय निकाय, संघसंस्था तथा स्थानीयको समन्वयमा सगरमाथासहित ६ वटा हिमाल सफाइ भइरहेको छ ।