३० असार २०८२, सोमबार
Follow Us

एनआरएन अमेरिकाको नेतृत्वमा ५ जनाको दावी, मे २९ मा मतदान

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७८, शुक्रबार १८:२१


होमप्रसाद लम्साल ।

टेक्सास् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको सरगर्मी बढेको छ । आगमी मे २९ र ३० मा हुने निर्वाचनका लागि एनअसिसि र च्याप्टरहरुमा गरी चार सयभन्दा बढी उम्मेदवारको उमेदवारी परेको निर्वाचन आयोगले जानएको छ ।

उम्मेदवारको नामावली सार्वजनिक गर्दै निर्वाचन आयोगले उम्मेदवारको नाममा दावी विरोधका लागि सूचना निकालेको छ । शुक्रवार दावी विरोध गर्ने सकिएकोले अब उम्मेदवारको अन्तिमा नामावली निकालिने प्रमुख निर्वाचन आयुक्त विश्वनाथ बरालले बताए । निर्वाचनमा एनसिसि, च्याप्टर र आईसिसि सदस्यको निर्वाचन एकै पटक हुनेछ । जसमा अध्यक्षका लागि कृष्ण लामीछाने, बुद्धी सुवेदी, डा अर्जुन बन्जाडे, सुर्य लम्साल, तिलक केसीले उम्मेदवारी दिएका छन् ।

लामीछाने र सुवेदीले आआफ्नो तर्फबाट टीम बनाएर चुनावी मैदानमा होमिएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कृष्णजिवी पन्त, बाबुराम लामा र चित्र केसी छन् भने महासचिवमा विनोद भटट, नृपेन्द्र धिताल, अर्जुन चौलागाई र नवराज सुवेदीले उम्मेदवारी दिएका छन् । महत्वपूर्ण मानिएको आईसिसिमा अमृत कटेल, रविन बज्राचार्य, अमृत सापकोटा, सीपी पौडेल, पदम ठकुराठी, सन्जय थापा र उत्तम कार्कीलयागतले उमेदवारी दिएका छन् । यतिखेर चुनावी मैदानमा उत्रिएका पदाधिकारी उम्मेदवारहरु धेरै नेपालीको बसोवास रहेको राज्यहरुमा घरदौलोमा सहभागी छन् ।

आयोगले जारी गरेको सूचनामा निर्वाचन २०२१ को कार्य तालिका भन्दै अप्रिल ३ देखि मे ३१ सम्म झण्डै दुई महिना लामो कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगद्वारा जारी सूचनामा मे २९–३० मा निर्वाचन र मे ३१ निर्वाचनको नतिजा प्रकाशित गरिने उल्लेख छ ।

अमेरिका विश्वभरको ८३ वटा एनसिसि मध्ये सबैभन्दा ठूलो २० हजार एक सय ३९ सदस्य रहेको ठूलो हो ।

एमआईएसमा आउने तयारी
गैरआवासीय नेपाली संघ (एनआररएनए) अमेरिकाले संघको केन्द्रिय निर्देशन पालना नगरेकोले समयमा नै निर्वाचन हुने कुरामा आशंका गरिए पनि संघको विधानलाई परराष्ट्रमन्त्रालयले प्रमाणिकरण गर्न ढिलाई गरेको र एनआरएनए अमेरिकाको निर्वाचन प्रकृयाअघि बढि सकेको अवस्था हेरेर एनसिसि विधानमा मे महिनामा नै निर्वाचन गर्नुपर्ने उल्लेख भए बमोजिम सो निर्वाचनको तयारी गरिएको हो ।

गैरआवासीय नेपाली संघ स्रोतका अनुसार एनआरएनए अमेरिकाको सदस्यता सम्बन्धी विवाद टुंग्गो लगाउन संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समिति सकृय रुपमा लागेको छ भने एनआरएनए अमेरिकाले पहिलो चरणको डेटा (सदस्यहरुको विवरण) संयोजक लामालाई बुझाएको छ ।

गैरआवासीय नेपाली संघको केन्द्रिय निर्वाचनमा प्रतिनिधी हुन अनिवार्य संघको एमआईएस सिष्टममा आउनु पर्ने वाध्यात्मक व्यवस्थाका कारण एनआरएनए अमेरिकाले आफ्ना सदस्यहरुको विवरण केन्द्रिय प्रणालीमा सार्न लागेको हो ।

धेरै पढिएको