२८ बैशाख २०८१, शुक्रबार
Follow Us

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेरिए

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७८, सोमबार ११:३९

काठमाडौं । मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । जारी बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । स्रोतका अनुसार गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न बालुवाटारमा जारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् । मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम रहेको बताइएको छ ।