१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा कोरोना दिनहुँ बढ्न थाले पछि एनआरएनएले बोलायो आकस्मिक बैठक

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७८, शुक्रबार २१:१४

लण्डन । नेपालमा पछिल्लो समय कोरोना महामारी (कोभिड – १९) दिनहुँ बढ्दो बढ्न थाले पछि गैरआवासीय नेपाली संघले आकस्मिक बैठक बोलाएको छ ।

महामारीका बेला संघको तर्फबाट भैआएका सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले बैठक बोलाइएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

बैठकमा विश्व भर छरिएर रहेका मेडिकल डाक्टर, नर्स र नेपालको हेल्थ अथोरिटीसँग बिभिन्न चरणमा छलफल गरी स्वास्थ्य समितिले वर्तमान अवस्थाको समिक्षा गर्दै कार्य योजना प्रस्ताव गर्ने तयारी गरिएको छ ।

हालसम्म एनआरएन जापानको तर्फबाट कोभिड पिडित राहत कोषमा ५ लाख रुपैयाँको प्रतिबद्धता आएको संघले जनाएको छ । एनसीसी बहराइनबाट ६ लाख संघको खातामा जम्मा भइसकेको छ ।

एनसीसी जर्मनीको तर्फबाट १ लाख रुपैयाँ सहयोग संघको खातामा जम्मा भएको बताएको छ । एनआरएनए अमेरिका र अष्ट्रेलियाले सहयोग जुटाउन छलफल शुरु गरेका छन् ।

शनिवार नेपाली समय अनुसार साँझ ६ बजे जुम मार्फत हुने बैठकमा राष्ट्रिय समिति परिषद्का अध्यक्ष तथा महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, सदस्यहरु र मनार्थ परिषद सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।