२८ बैशाख २०८१, शुक्रबार
Follow Us

खनाल–नेपाल समूहका सांसद्ले राजिनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०७८, सोमबार ०६:२३

काठमाडौं । नेकपा (एमाले)का झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । बैठकमा केही सांसद्ले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।

नेपाल पक्षका नेताहरुको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । “हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं,” रावलले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाएको संसद्को विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।