२७ बैशाख २०८१, बिहीबार
Follow Us

प्रतिनिधिसभाको अधिवेशन अन्त्य

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७८, सोमबार १४:१५

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि आजै बसेको संसद बैठकमा सभामुख अग्नी सापकोटाले आगामी ३० गतेका लागि अर्को बैठक बोलाएका थिए। तर सरकारले भने तत्काल अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ। यो सदन विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि बोलाएकी थिइन्।