२७ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल भ्याक्सिन लैजान अमेरिकीमा छलफल

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७८, आईतवार ०४:४३


होमप्रसाद लम्साल

अमेरिका । अमेरिकाका लागि नेपाली राजदुत डा.यूवराज खतिवडाले ३० देखि ५० लाख थान एस्ट्राजेनेका भ्याक्सिन नेपाल लैजानका लागि अमेरिकी सरकारसँग छलफल भैरहेको बताएका छन्। नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताएका हुन्।

त्यसका लागि अमेरिकाको राजनीतिक तहसँग लबिङ गरिदिन नेपाली समुदायका अगुवासँग आग्रह गर्दै कोरोनाले पारेको असरको सन्दर्भमा डा.खतिवडाले अमेरिकी सरकारसम्म कुरा पर्‍याउन सबैले आफ्नो आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताए।

दुतावासबाट टेक्सासको डालासमा आयोजित शिविर सन्चालन गर्न टेक्सास पुगेका राजदुतले गैरआवासिय नेपालीको पक्षमा निकै काम भईरहेको बताए। एनआरएन विधेयक ऐन बन्ने क्रममा रहेको र त्यो आएपछि एनआरएन कार्ड, दोहोरो नागरिकता, आर्थिक सामाजीक, सांस्कृतिक अधिकार सहितको नेपालको नागरिक हुने प्रावधान रहेको जानकारी दिदै एनआरएनबाट लामो समयदेखि उठाउँदै आएका विषयहरु विधेयकले समेटेको डा. खतिवडाले प्रस्टायाए।

नेपालीहरुको घनत्व बढी भएको अमेरिकाका बिभिन्न शहरहरुमा कन्सुलेट राख्ने विषयमा सकारात्मक भएपनि अहिले कार्यान्वयन गर्ने नसक्ने भएकोले अस्थायी घुम्ती शिविरको मार्फतबाट भएपनि सेवा दिन नेपाल सरकार तयार रहेको बताए।