१८ बैशाख २०८१, मंगलवार
Follow Us

गोरखाको बारपाकका एकै सातामा ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७८, बुधबार ११:५६

गोरखा । गोरखाको बारपाकमा मात्र एक साता भित्र ६ जनाको मृत्यु भएको छ । बारपाकमा हिजो दुई जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या एकै सातामा ६ पुगेको हो । हिजो कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये चार जनामा कोरोना पुष्टि भएको थियो । अन्यलाई भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोे गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताउनुभयो ।

घना बस्ती रहेको बारपाकमा कोरोना संक्रमणदर बढ्दो छ । बारपाकमा रुघाखोकी र कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी धेरै रहेको गुनासो आएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । जेठ १ गते पठाएको स्वाबको रिपोर्ट अझै नआएको स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताउनुभयो ।

बारपाकमा लक्षण धेरैलाई देखिए पनि परीक्षण गर्न भने स्थानीयले चासो दिएका छैनन् । मृत्यू भएका अधिकांश वृद्धवृद्धा रहेका वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभएको छ ।