१८ बैशाख २०८१, मंगलवार
Follow Us

पिटरबरो नेपाली समाजद्वारा दुईवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७८, बुधबार १९:२८

लन्डन । कोरोना महामारीको चपेटामा परेको नेपाललाई पिटरबरो नेपाली समाज यूकेले पनि सहयोग गरेको छ ।

समाजले दुई वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न एक हजार चार सय पाउण्ड अर्थात करिब दुई लाख ३१ हजार रुपैयाँ बराबरको रकम एनआरएनए यूकेलाई हस्तान्तरण गरेको समाजका महासचिव कृष्ण लुइंटेलले जानकारी दिए ।

एनआरएनए यूकेले लन्डनस्थित नेपाली दूतावासको सहयोगमा ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेपछि बेलायतमा सहयोग गर्ने क्रम जारी छ ।

पिटरबरो नेपाली समाज यूकेले सम्पूर्ण दाताप्रति आभार प्रकट गरेको छ ।

एनआरएनए यूकेको अभियानमा बेलायतका एक सय भन्दा बढी संघसंस्थाले सहयोग गरिसकेका छन् भने यो क्रम जारी छ ।