२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए यूके निर्वाचनमा मिडल्याण्डबाट १ दर्जन उम्मेदवार

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७८, बिहीबार २०:५२

लन्डन । बेलायतको मिडल्याण्डबाट गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको आगामी कार्यकालका लागी उपाध्यक्ष, सचिव र सह कोषाध्यक्षमाका उम्मेदवारहरूले चुनावी मैदानमा आएको संयुक्त घोषणा गरेका छन । साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा र महासचिव राम पंन्थिी बुधबार एक प्रेस विज्ञप्ति मार्फ़त उम्मेदवारहरुको नाम र पद सार्वजनिक गरेका हुन्।

नेपालीहरुको बाहुल्यता रहेको मिडल्याण्ड र यसका आसपासका क्षेत्रबाट संयुक्त रुपमा उम्मेदवारी घोपणा गर्नेहरुमा उपाध्यक्षद्वय गोबिन्द खरेल र पवन शर्मा, सचिवमा विष्णु चालिसे र सहकोषाध्यक्षमा शशांक शर्मा छन । सदस्यहरुमा राम प्रसाद पन्थी नटिंघम, चम्पा थापा लेस्टर, हीरा सापकोटा(दिपक) नटिंघम, उपेन्द्र पौडेल ग्रान्थाम, भिम खनाल पिटरबरो, भानु घिमिरे लेस्टर छन् ।


प्रेश विज्ञप्ति:

मिडल्याण्डबाट एनआरएन युकेको आगामी अधिवेशनका लागि प्रत्याशी उम्मेदवारहरूको संयुक्तरूपमा घोषणा । 24 मे 2021 मा साझा नेपाली समाज यूकेको नेतृत्वमा मिद्ल्याण्डका सबै क्षेत्रलाई समेटेर गठन गरिएको NRNAUK प्रतिनिधि छनोट समितिको बैठक एभरेस्ट फ्यूजन लाउन्ज, आर्नोल्ड नटिंघममा बसेको थियो ।

छनोट समितिका संयोजक श्री कृष्ण शर्मा सापकोटा र सदस्यहरु: श्री दयानिधी सापकोटा, श्री महेश अधिकारी, श्री केशव भण्डारी, श्री कोशलेस्वर (कृष्ण) ढकाल, श्री राजु कडेल, श्री पशुपति पोख्रेल, श्री भोजराज भण्डारी, श्री दिपक सापकोटा, श्री भिम शारू मगर, श्री उपेन्द्र पौडेल, श्री राम प्रसाद पन्थी, श्री रण बहादुर केसी, आकांक्षी उम्मेदवारहरू, साझा नेपाली समाजका ट्रस्टीज, मिद्ल्याण्डबासी सामाजिक अग्रज अभियन्ता र बुद्धीजिविहरुको उपस्थिति रहेको उक्त बैठकमा छलफल गरी आपसी सहमतिमा NRNAUK 21-23 को चुनावमा भाग लिनको लागि एक संयुक्त प्रतिनिधि मण्डल चयन गर्ने निर्णय भएको थियो ।

सो भेलाले आकांक्षाीहरूबीच छलफल गरी अन्तिम नामावली सार्वजनिक गर्न सझा नेपाली समाजका अध्यक्ष एवं छनोट समितिका संयोजक कृष्ण शर्मा सापकोटालाई सबैसँग छलफल गरी अन्तिम नामावली सार्वजनिक गर्न दिएको म्यान्डेड अनुसार मिडल्याण्डबाट एनआरएन युकेको आगामी कार्यसमितिमा निम्न व्यक्तिहरू बिभिन्न पदमा हाम्रो साझा उम्मेदवाररूपमा जाने निर्णय भएको जानकारी गराउउछौ ।

गोबिन्द खरेल -उपाध्यक्ष NCC, पवन शर्मा -उपाध्यक्ष NCC, बिष्णु चालिसे -सचिव NCC, शशांक शर्मा -सह कोसाध्यक्ष NCC, राम प्रसाद पन्थी -सदस्य NCC, चम्पा थापा लेस्टरबाट -सदस्य NCC, हीरा सापकोटा नटिंघमबाट -सदस्य NCC, उपेन्द्र पौडेल ग्रान्थामबाट-सदस्य NCC, भीम खनाल पीटरब्रोबाट -सदस्य NCC, भानुभक्त घिमिरे लेस्टरबाट -सदस्य NCC । आकांक्षी उम्मेदवारज्युहरु जसले यो समितिमा NRNAUK मा सेवा गर्ने ईच्छा जाहेर गर्नु भएको थियो उहाँ हरुले आफ्नो इच्छालाई थाती राखेर एकताको लागि माथि उल्लेखित आकांक्षीज्यूहरुलाई मार्ग प्रसस्त गरेर सम्मान को पात्र बन्नू भएको छ ।

उम्मेदवारी दर्ता गर्ने बेलासम्म प्रत्स्तावित नामहरुमा आपसी सहमतिमा फेरबदल तथा थपघट पनि हुन सक्नेछ।मिड्ल्याण्डको टिममा राज्य परिषद लगायत अन्य स्थानहरुमा पदिय भुमिका निभाउनु परेमा रोकिएका आकांक्षीज्युहरु श्री ऋषि सापकोटा, पुण्डरी अर्याल र पदम शाही लगायत अन्य इच्छुकहरूलाई निर्बाचन प्रचार प्रसार समिति”ले उपयुक्त स्थान दीदै साथमा लिएर जान जानेछ ।

“मिड्ल्याण्डबासीहरुको एकता NRNAUK मा संयुक्त सहभागिता” नाराकासाथ NRNAUK लाई आधुनिक , पारदर्सी, चुस्त, नागरिक प्रेमी र बिदेशीएका नेपालीहरूको हक र अधिकार लाई ब्यबस्थीत गर्दै नेपाल सरकारसंग हातेमालो गर्दै पर्यटनको बिकास, औध्योगिकरण, रेमिटेन्सको अभिलेख ब्यबस्थापन र रेमिटेन्समा योगदान कर्तालाई जीबन बिमाको ब्यबस्था सम्मको बैधानीक प्राबधान गर्न लागिपर्नूका साथै नेपाल एम्बेसी बाट गैर आवासीय नेपाली जारी गर्ने NRN कार्ड (नेपाल आवत जावत मा Visa सहजीकरण कार्ड) सकेसम्म NRNAUK को पहलमा सरल र सुलभ बनाउने उद्देस्यका साथ अघि बढ्नेछ । NRNAUK को सदस्यता बनाउने काममा एकजुट भई आ-आफ्नो क्षेत्रबाट सम्पूर्ण सामाजिक अभियन्ताहरु परिचालन गरी सींगो मिड्ल्याण्ड एक ढिक्का भएर अघि बढेको छ ।

प्रत्यासि प्रतिनिधि टोली, मिड्ल्याण्डका सस्थाका कार्यसमितिहरूका पदधिकारिहरु, अग्रज समाज सेबीहरु, सामाजिक अभियन्ताहरु, बुद्धिजीवीहरु र युवा पुस्ताहरु सक्रिय बनाई सदस्यता बनाउने काममा पूरै मिड्ल्याण्ड जुरुक्कै उठेको छ ।

प्रतिनिधि मंडल र मिड्ल्याण्ड का NRNAUK का अग्रज सहित को एक “चुनाब प्रचार प्रसार समिति” को चयन गरिने छ ।उक्त समितिले केन्द्रमा लबिंग गरी बलियो र सक्षम टीममा जाने निर्णय पनि गर्नेछ ।सोही निर्णय अनुसार मिडल्याण्डका सबै उम्मेदवार एउटै टीमबाट प्रत्याशी हुनुपर्नेछ ।

यो समितिले सदस्यता बनाउन सहजीकरण को भुमिका, चुनावको प्रचार प्रसार, निर्बाचनको नतिजा अन्तिम हुने बेला सम्म निर्बाचन सम्बन्धी बिषयका अन्य निर्णय र कामहरु गर्नेछ। अiफ्नो टोलिलाई भारी मतका साथ जिताउने संकल्पका साथ अघिबढेको मिड्ल्याण्डको यो संयुक्त प्रतिनिधि मंडल भन्दा बाहिरबाट कसैले उम्मेदवारी दिएमा मिड्ल्याण्डबासीको कुनै साथ नरहने सर्बसम्मतले निर्णयक २४ मे को उक्त बैठकले गरेको जानकारी पनि गराउछौ ।

-कृष्ण शर्मा अध्यक्ष, साझा नेपाली समाज यूके 07572 422522
राम पंन्थी महासचिव, साझा नेपाली समाज O7500 930898