२३ बैशाख २०८१, आईतवार
Follow Us

काठमाडौंको कागेश्वरी मनोहरामा बोरिङ खन्दा ग्यास निस्कियो

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७८, शनिबार ११:०५

काठमाडौं । काठमाडौंको कागेश्वरीमा पानी निकाल्न बोरिङ खन्दा प्रज्वलनशील ग्यास निस्किएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ ।काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् ।

ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ । स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका छन् । वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूगर्भ विभागसँग समन्वय गरिरहेको छ ।