२३ बैशाख २०८१, आईतवार
Follow Us

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७८, आईतवार ११:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा र स्वास्थ्य संस्थाको सुरक्षाका सम्बन्धि अध्यादेश जारी गर्नु भएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा स्वास्थ्यकर्मीको सुरक्षा तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उहाँले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ । अध्यादेश जारी भएसँगै स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारवाही हुनेछ ।