२३ बैशाख २०८१, आईतवार
Follow Us

३,४७९ जना संक्रमित थपिए, ६ हजार ६३६ जना कोरोनामुक्त

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७८, आईतवार ११:२०

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७३३ जनाको परीक्षण गर्दा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४७१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार २४ जना र ३ हजार २६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोनामुक्त भएका मन्त्रालयले जनाएको छ ।