ताजा खबर

सबैभन्दा बढी संक्रमित २१–३० उमेरका

काठमाडौं । कोरोना भाइरस संक्रमण सबैभन्दा बढी २१–३० उमेरकामा देखिएको छ । गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये ७ सय ८८ जना उमेर समूहमा संक्रमण पुष्टि भएको छ ।

१७ हजार ९ सय ३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ८४ दशमलव २ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७९९० रहेको छ । काठमाडौंमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० गरी उपत्यकामा १११५ जना संक्रमित भएका छ्न ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता