२० बैशाख २०८१, बिहीबार
Follow Us

प्रतिनिधिसभा विघटन फिर्ता लिनुपर्ने माधव समूहको निष्कर्ष

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७८, सोमबार १३:१६

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन् ।

अध्यक्ष ओलीले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको नेपाल पक्षका सांसद्ले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए । तर, नेपाल समूहले ओलीको उक्त सर्तबमोजिम हस्ताक्षर फिर्ता नलिने भएका छन् ।

ओलीले आफ्नो वक्तव्यमार्फत् पार्टीलाई जेठ ३ गते गरेको पूर्ववत् अवस्थामा फर्काउन तयार भएको विषयलाई लिएर बसेको नेपाल पक्षको बैठकले त्यस्तो हुन नसक्ने भन्दै अस्वीकार गरेको हो ।

ओलीको जबाफ लिखितरुपमा दिनेक्रममा नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न नसक्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

यदि, ओलीले प्रतिनिधिसभा विघटन गर्नु गल्ती भएको भन्दै फिर्ता लिए आफूहरुलाई हस्ताक्षर फिर्ता लिन कुनै समस्या नभएको उनले बताए । नेपाल पक्षले लिखित जबाफ केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।