२७ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौं उपत्यकाका सिडियोहरुको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७८, आईतवार ०५:४४

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरुको बैठक आज बस्दैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा थप निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले थप एक साता निषेधाज्ञा लम्बिनसक्ने बताए । तर, यसबारे थप निर्णय आजको बैठकमा हुने उनको भनाइ छ ।

अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने प्रजिअ पराजुलीले बताए । संक्रमण केही घटेपनि जोखिम कायमै रहेको भन्दै उनले केही खुकुलो बनाएर निषेधाज्ञा थपिनसक्ने बताए ।