३१ बैशाख २०८१, सोमबार
Follow Us

गत २४ घण्टामा २७४५ जना संक्रमित

नेपालब्रिटेन संवाददाता
१ असार २०७८, मंगलवार १३:४७

काठमाडौं । नेपालमा गत २४ घण्टामा २७४५ जना कोभिड १९ संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३२९० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २७४५ जना संक्रमित भएका हुन् ।

२४ घण्टामा ४१८७ डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ जना रहेको छ । नेपालमा निको हुने दर ८८ दशमलव ३ प्रतिशत छ । गएको २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । कोभिड १९ बाट नेपालमा ८५०६ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ गरी उपत्यकामा ५४५ जना संक्रमित भएका छन् ।