३१ बैशाख २०८१, सोमबार
Follow Us

एमिकस क्युरी’मा घिमिरे र केसीको नाम सिफारिस

नेपालब्रिटेन संवाददाता
१ असार २०७८, मंगलवार १३:४९

काठमाडौं । सर्वोच्च अदालतले विचराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा तटस्थ राय दिनका लागि सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरु कोमलप्रसाद घिमिरे र प्रकाश केसीको नाम पठाएको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले उनीहरुबाट इजलासलाई सही राय र संविधानको व्याख्यामा सहयोग पुग्ने देखेकाले चयन गरेर पठाएको उनले बताए ।

प्रतिनिधिसभा विघटनको मुद्दा असार ९ गतेदेखि सुनुवाइ हुँदै छ । सर्वोच्चले नेपाल बार र सर्वोच्चबाट २–२ जनाको नाम मागेको थियो । दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचराधीन रहेको छ ।